२२ भाद्र २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसमा हिमपहिरो : ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

रूसमा आएको हिमपहिरोमा परेर ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

रूसको उत्तरी काकेशसस्थित काबार्डिनो-बाल्कारिया क्षेत्रमा पर्वतारोहीहरूको समूह हिमपहिरोमा परेको स्थानीय आपतकालीन सेवाले जानकारी दिएको छ। स्थानीय समयअनुसार आइतबार साँझ ५ बजे माउन्ट मिझिर्गीमा गएको हिमपहिरोले ३३ जना पर्वतारोहीको समूहलाई बगाएको थियो।

सोमबार बिहान ९ बजेसम्म १० जना पर्वतारोही आफैं पहाडबाट तल झरेका थिए भने ६ जनाको अवस्था अझै अज्ञात रहेको आपतकालीन सेवाले बताएका छन्।

खोज तथा उद्धारमा ५० भन्दा बढी आपतकालीन कर्मचारी खटिएका छन्। तर कठिन भू-भाग र थप हिमपहिरोको जोखिमका कारण उद्धारमा समस्या भइरहेको बताइएको छ।

माउन्ट मिझिर्गीको पश्चिमी शिखर पाँच हजार ४७ मिटर अग्लो छ भने पूर्वी शिखर चार हजार ९२७ मिटर अग्लो छ। यो काकेशस क्षेत्रका पाँच हजार मिटरभन्दा अग्ला १२ हिमालमध्ये एक हो। नजिकै रहेको माउन्ट एल्ब्रस पाँच हजार ६४२ मिटर अग्लो छ।

यो रूस र युरोपकै सबैभन्दा अग्लो चुचुरो हो। काकेशस पर्वतारोहणका लागि लोकप्रिय क्षेत्र हो। माउन्ट एल्ब्रसमा मात्रै हरेक वर्ष १५ हजारदेखि २० हजारसम्म मानिस पुग्ने गर्छन्। एजेन्सीको सहयोगमा

प्रकाशित: २२ भाद्र २०८३ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App