१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

अस्ट्रेलियाली प्रहरीले बेइजिङका लागि स्थानीय बौद्ध समूहको जासुसी गरेको आरोपमा एक चिनियाँ नागरिकमाथि ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोगमा मुद्दा चलाएको छ।  

सहायक प्रहरी आयुक्त स्टिफन नटका अनुसार ती महिलाले अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको ‘गुआन यिन सिट्टा बुद्धिस्ट एसोसिएसन’का बारेमा गोप्य रुपमा सूचना सङ्कलन गरिरहेकी थिइन्।

नटले आफू चीनको सार्वजनिक सुरक्षा ब्युरोको कमान्डमा काम गरिरहेको बताएकी थिइन्।

अस्ट्रेलियाली सङ्घीय प्रहरीको विशेष अनुसन्धान महाशाखाका नटले भने, 'चीनको पब्लिक सेक्युरिटी ब्युरोको गुप्तचर उद्देश्यलाई सहयोग पुर्‍याउने उद्देश्यले यो गतिविधि गरिएको हामीले अभियोग दर्ता गरेका छौँ।'

गत साता क्यानबेराका केही घरमा प्रहरीले छापा मारेपछि ती महिलालाई पक्राउ गरी ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोग लगाइएको थियो।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'छापा मार्ने क्रममा इलेक्ट्रोनिक सामग्रीलगायत थुप्रै सामान जफत गरिएको छ भने थप अनुसन्धानका लागि फरेन्सिक परीक्षण गरिनेछ। विदेशी हस्तक्षेपमा बढीमा १५ वर्षको जेल सजाय हुन सक्छ।'

प्रकाशित: १९ श्रावण २०८२ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App