२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा

अष्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने भएको छ। अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबार यस्तो घोषणा गरेका हुन्। फ्रान्स, बेलायत र क्यानडाका नेतासँग मिलेर उनले पनि त्यसो गर्ने संकेत दिए।  

अष्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिन हप्तौंदेखिको आग्रह र गाजामा जारी भोकमरीको बारेमा स्पष्ट अडान नलिएको भन्दै अल्बानीज सरकारको आलोचना भइरहेको थियो। यही बिचमा उनले यो घोषणा गरेका हुन्। अष्ट्रेलियाको सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा नयाँ र व्यापक सैन्य आक्रमणको लागि हालैका दिनमा घोषणा गरेको योजनाको पनि आलोचना गरेको छ।  

सोमबार मन्त्रिपरिषद्को बैठकपछि अल्बानीजले पत्रकारलाई बताएअनुसार प्यालेस्टिनी राज्यलाई मान्यता दिने अष्ट्रेलियाको निर्णय सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा औपचारिक रूपमा लागू हुनेछ। यो स्वीकृति ‘अष्ट्रेलियाले प्यालेस्टिनी प्राधिकरणबाट प्राप्त गरेको प्रतिबद्धतामा आधारित छ,’ अल्बानीजले भने।  

ती प्रतिबद्धतामा प्यालेस्टिनी सरकारमा हमासको कुनै भूमिका नहुने, गाजाको सैन्यीकरण रोक्ने र चुनाव आयोजना गर्ने कुरा समावेश छ। ‘मध्यपूर्वमा हिंसाको चक्र तोड्न र गाजामा द्वन्द्व, पीडा र भोकमरीको अन्त्य गर्न दुई-राज्य समाधान मानवताको उत्तम आशा हो,’ अल्बानीजले भने। एपी

प्रकाशित: २६ श्रावण २०८२ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App