आइपीएलमा आइतबार डबल हेडर (एकै दिनमा दुई खेल) हुनेछ। आजको पहिलो खेलमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्।
हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ।
जारी सिजनमा यी दुई टोली आज दोस्रो पटक भेट्दैछन्। पहिलो खेलमा हैदराबादले कोलकातालाई ६५ रनले हराएको थियो।
सनराइजर्स हैदराबाद हाल अंक तालिकाको तेस्रो स्थानमा छ। नौ खेलमा छ खेल जितेको टोली उत्कृष्ट लयमा छ। उता, आठ खेलमा दुई खेल जितेको कोलकाता भने आठौं स्थानमा छ।
दुई टोलीबीच अहिलेसम्म कुल ३१ खेल खेलिएका छन्। यीमध्ये कोलकाता नाइट राइडर्सले १९ खेल जितेको छ भने सनराइजर्स हैदराबादले ११ खेल मात्र जितेको छ।
यस्तै, आजको दोस्रो खेलमा पञ्जाब किंग्स र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन्। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ।
यस सिजनमा आठ खेल खेलेको पञ्जाब १३ अंकका साथ शीर्ष स्थानमा छ। नौ खेलमा पाँच खेल जितेको गुजरात भने तालिकाको पाँचौं स्थानमा छ।
आइपीएलको इतिहासमा यी दुई टोलीबीच कुल सात खेल खेलिएका छन्। जसमा पञ्जाब किंग्सले चार खेल जितेको छ भने गुजरात टाइटन्सले तीन खेल जितेको छ।
प्रकाशित: २० वैशाख २०८३ १०:३८ आइतबार




-600x400.jpg)
