रास्वपा सांसद रञ्जु दर्शनाले 'भागबन्डा संस्कार'मा आधारित हजारौँ राजनीतिक नियुक्तिहरू एकैपटकमा हटाइएको बताएकी छन्।
अब सरकारको जिम्मेवारी झन् बढेको जिकिर गर्दै उनले यस्तो बताएकी हुन्। उनले अब योग्यतामा आधारित, निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत विज्ञहरूको प्रवेश सुनिश्चित हुने बताइन्। यसो गर्दा उक्त कदमलाई वास्तविक अर्थमा सार्थक बनाउन सकिने उनको भनाइ छ।
''भागबन्डा संस्कार'मा आधारित हजारौँ राजनीतिक नियुक्तिहरू एकैचोटि हटाइएका छन्,' उनले भनिन्, 'यससँगै सरकारको जिम्मेवारी झन् बढेको छ। अब योग्यतामा आधारित, निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत विज्ञहरूको प्रवेश सुनिश्चित गर्दै यो कदमलाई वास्तविक अर्थमा सार्थक बनाउन सकिन्छ।'
प्रकाशित: २० वैशाख २०८३ १०:३३ आइतबार





