४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना

अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने घाेषणा गरेकाे छ। परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मंगलबार सामाजिक सञ्जालमा यसबारे जानकारी दिए।

उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएको पत्रमार्फत जानकारी गराइएको थियो। भियना सन्धि अनुसार नोटिफिकेसनको एक वर्षपछि यो फिर्ता औपचारिक रूपमा लागू भएको हो।

क्विर्नोले भने, ‘हाम्रो देश स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई द्विपक्षीय सम्झौता र क्षेत्रीय फोरममार्फत अघि बढाउने छ,तर स्वास्थ्य नीतिहरू निर्धारण गर्ने हाम्रो सार्वभौमिक अधिकार र स्वतन्त्रता पूर्ण रूपमा सुरक्षित रहनेछ।’

अर्जेन्टिनाली सरकारले सन् २०२५ मार्चमा यो निर्णय घोषणा गरेको थियो। राष्ट्रपतिका प्रवक्ताले त्यतिबेला जानकारी दिँदै भने,‘राष्ट्रपति हवियर मिलेइले परराष्ट्रमन्त्रीलाई यस अन्तर्राष्ट्रिय निकायबाट देशको सहभागिता फिर्ता लिन निर्देशन दिनुभएको छ।’

‘यो निर्णयले देशलाई आवश्यक सन्दर्भ अनुसार नीति निर्माण गर्न लचिलोपन दिनेछ, स्रोतको उपलब्धता बढाउनेछ र स्वास्थ्य सम्बन्धी मामिलामा सार्वभौमिकता सुनिश्चित गर्ने हाम्रो मार्गलाई पुष्टी गर्नेछ।’

प्रकाशित: ४ चैत्र २०८२ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App