अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन्, जसमा उनी एक सैन्य कमाण्डरसँग देखिएका छन्।
ट्रम्पले पोस्ट गरेको तस्बिरमा लेखिएको छ, 'यो आँधी आउनुभन्दा पहिलेको शान्ति हो।'
एनिमेटेड तस्बिरमा ट्रम्प युद्धपोतको डेकमा उभिएको, आँधीबेहरीपूर्ण वातावरणले घेरिएको र इस्लामिक गणतन्त्रको झण्डा फहराइरहेका जहाजहरू देखाइएको छ।
ट्रम्पले यो पोस्ट यस्तो समयमा गरेका छन् जब न्यूयोर्क टाइम्सले मध्यपूर्वका दुई अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका र इजरायलले इरानमाथि फेरि आक्रमण गर्ने तयारी गरिरहेको बताएको थियो।
रिपोर्टका अनुसार यी आक्रमणहरू अर्को हप्ताबाट पनि सुरु हुन सक्छन्।
इरानी अधिकारीहरूले देशमाथि आक्रमण भएमा अझ बलियो प्रतिक्रिया दिने चेतावनी दिएका छन्।
प्रकाशित: ३ जेष्ठ २०८३ ०९:४३ आइतबार





