२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शिक्षामन्त्रीको राजीनामापछि क्रकोच पार्टीले भन्यो- झुक्छ संसार, झुकाउने मान्छे चाहिन्छ

नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि क्रकोच जनता पार्टीले क्रकोचहरुको जित भएको घोषणा गरेको छ।

३६ दिन लामो लगातारको आन्दोलनपछि मन्त्रीले राजीनामा दिएसँगै सीजेपीले उत्सव मनाएको हो।

शिक्षा मन्त्री प्रधानको राजीनामा लगत्तै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै ककरोच जनता पार्टीले यो जित आन्दोलनरत पक्षको भएको जनाएको छ।

सीजेपीले विगत ३६ दिनदेखि दिल्लीको जन्तरमन्तरमा मन्त्री प्रधानको राजीनामालाई मुख्य सर्त बनाएर निरन्तर विरोध प्रदर्शन गर्दै आएको थियो।

यस आन्दोलनलाई थप सशक्त बनाउन चर्चित सामाजिक अभियन्ता सोनम वाङ्गचुकले समेत ऐक्यबद्धता जनाएका थिए।

आन्दोलनकारीहरूले शिक्षामन्त्रीको राजीनामाबाहेक अन्य कुनै पनि विकल्प स्वीकार नगर्ने अडान राख्दै आएका थिए।

३६ औँ दिनसम्म चलेको आन्दोलन र अनशनको दबाबपछि मन्त्री प्रधानले पद त्याग्न बाध्य भएका हुन्। मन्त्रीको राजीनामापछि सीजेपीले सरकारसामु नझुकी निरन्तर सङ्घर्ष गर्दा सफलता मिल्ने बताएको छ। उसले भनेकाे छ- झुक्छ संसार, झुकाउने मान्छे चाहिन्छ

प्रकाशित: ९ श्रावण २०८३ १५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App