नेसनल राइफल एसोसिएसनका अध्यक्षले दिए राजीनामा

अवकाशप्राप्त अमेरिकी कर्णेल ओलिभर नर्थले अमेरिकी नेसनल राइफल एसोसिएसन (एनआरए)बाट शनिबार राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक मानिने ओलिभरले एसोसियसनभित्र चरम आर्थिक अनियमितता गरेको आरोप लागेपछि अध्यक्ष पदबाट राजीनामा दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।