७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्।

‘आजादी मार्च’ र्यालीका क्रममा खानमाथि आक्रमण भएको बीबीसीले बताएको छ। भीडबीच भएको गोलाबारीमा खानसहित थप केही व्यक्ति घाइते भएका बताइएको छ।

उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन।

खान चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भइरहेका थिए।

प्रकाशित: १७ कार्तिक २०७९ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App