७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा दैनिक कोरोना संक्रमितको संख्या एक लाखभन्दा बढी

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ। लामो समयदेखि दक्षिण कोरियामा दैनिक संक्रमितहरुको संख्या एक लाखभन्दा बढी देखिदै आएको छ। पछिल्लो २४ घण्टामा पनि थप एक लाख ३७ हजार २४१ जना नयाँ संक्रमित भएका छन्।  

स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरुको संख्या दुई करोड ९८ लाख तीन हजार एक सय ६९ पुगेको छ।  

अहिले देखिएको दैनिक संक्रमितको संख्या पनि अघिल्लो दिनको भन्दा केही कम हो। अघिल्लो दिन एक लाख ५१ हजार  सात सय ९२ जना संक्रमित भएका थिए।  

त्यसैगरी अघिल्लो हप्ता औसतमा एक लाख १७ हजार पाँच सय ९१ जना नयाँ संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले संक्रमित अवस्थामै रहेका मध्ये  चार सय  १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। पछिल्लो एक दिनमा कोरोनाका कारण ५९ जनाको मृत्यु भएको छ। योसँगै दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २५ हजार ४४१ पुगेको छ। 

प्रकाशित: २६ श्रावण २०७९ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App