१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, धेरै क्षति भएको हुनसक्ने अनुमान

फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ। अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो।

स्थानीय समयानुसार राती १२.४३ मा भूकम्प आएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। देशको उत्तरी क्षेत्रमा भूकम्प आएको हो। भूकम्पको धक्का भने राजधानी मनिलामा पनि महसुस गरिएको थियो।

क्षतिको विवरण आइनसकेपनि ठूलो धक्का भएकाले धेरै क्षति भएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन्। अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भवन तथा भौतिक संरचनाहरु भत्किएका छन्।

भूकम्पकै कारण कतिपय ठाउँमा पहिरो पनि गएको र सडक, सञ्चार, विद्युतलगायतका सेवा अवरुद्ध भएको जनाइएको छ। घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको छ।

राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। राष्ट्रपति मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको पनि उनको सचिवालयले जनाएको छ। 

प्रकाशित: ११ श्रावण २०७९ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App