२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काजकिस्तानका ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा: सर्वेक्षण

काजकिस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ। काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन्।

त्यसैगरी अरु २३.३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ। मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले ठूलो संख्याका मतदाता संशोधनको पक्षमा रहेको देखाएको हो।

सर्वेक्षणमा देशभरीबाट तीन लाख ५० हजार मतदाता सहभागी भएर उत्तर दिएको सर्वेक्षकहरूले जानकारी दिएका छन्। संविधान संशोधन सम्बन्धी जनमतको अन्तिम र औपचारिक परिणाम भने सार्वजनिक हुन बाँकी नै रहेको छ।

प्रकाशित: २३ जेष्ठ २०७९ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App