१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने

रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो।

बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न युक्रेन तयार भएको छ। युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोबीचको वार्तापछि किभ मस्कोसँग वार्ता गर्न तयार भएको हो।

यसअघि किभले बेलारुससँग वार्ता गर्न अस्वीकार गरेको थियो। रुसले युक्रेनमा हमला गर्नुअघि रुसी सेना त्यहाँ तैनाथ थिए। त्यसअघि रुस र बेलारुसबीच बृहत सैनिक अभ्यास भएको थियो।

प्रकाशित: १६ फाल्गुन २०७८ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App