९ माघ २०७८ आइतबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकामा युनिसेफको चिन्ता

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताएको छ। उक्त संस्थाले यहाँका बालिकाको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ। अफगानिस्तानमा निकै सानो उमेरमा पनि बालिकाको विवाह हुने गरेको तथा दाइजोका लागि बालिकाहरुकै किनबेचसमेत हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ।

अफगानिस्तानमा बालिकाको उमेर नपुग्दै विवाह हुने मात्र नभएर उनीहरुलाई दाइजोका रुपमा समेत किनबेच हुने गरेका सूचनाहरु पाएको भन्दै युनिसेफले यहाँका बालिकाको अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका छन्। यहाँ सन् २०१९ मा समेत १८३ ओटा बालविवाह भएको र १० जना बालिकालाई बिक्री गरिएको एक रिपोर्टमा जनाइएको युनिसेफले जनाएको छ।

युनिसेफले यसरी बिक्री गरिएका बालिकाको उमेर ६ महिनादेखि १७ वर्षको उमेरका रहेका पनि बताएको छ। एक रिपोर्टअनुसार हाल यहाँका २८ प्रतिशत युवतीको १८ वर्ष अगावै विवाह हुने गरेको छ। महिला तथा बालिकाको यस्तो अवस्था रहेको अफगानिस्तानमा हालको तालिबानको शासनका समयमा महिला तथा बालिकामाथि थप समस्या हुनसक्ने भन्दै यसप्रति युनिसेफले चिन्ता व्यक्त गरेको हो।

प्रकाशित: २७ कार्तिक २०७८ १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App