३ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘परिवर्तन’ को ट्रेलरलाई ३ तीनमै ११ लाखभन्दा बढी भ्युज

‘परिवर्तन’ फिल्मको ट्रेलरलाई छोटो समयमा नै ११ लाखभन्दा बढी भ्यज मिलेको छ। गत सोमबार रिलिज भएको यो फिल्मको ट्रेलरलाई ११ लाख २० हजारभन्दा बढी पटक हेरिएको छ। पन्ध्र हजारले लाइक गरेका छन् भने १२ सय ३३ जनाले कमेन्ट गरेका छन्।

अधिकांशले फिल्मको ट्रेलरलाई मन पराएको प्रतिक्रिया दिएका छन्। कमेन्टकर्ता पल साउदले फिल्मका अभिनेता सुशील श्रेष्ठको एक्सन मन परेको प्रतिक्रिया दिएका छन्।

उनी लेख्छन्, ‘सुशील श्रेष्ठका फ्यानहरू कोको हुनुहुन्छ हाजिर हुनु त। मुभि सुपरहिट हुन्छ।’ उनको यो भनाइकाे थप चार जनाले कमेन्ट गरेका छन् भने २ सय ३१ जनाले लाइक गरेका छन्।

अर्को कमेन्टकर्ता सरोज तिमिल्सेनाले फिल्मको डाइलक मन परेको उल्लेख गरेका छन्।

उनी लेख्छन्,‘ककसले हेर्दै हुनुहुन्छ हाजिर हुन तरुजय परिवर्तनरु ‘पारसलाई मन परे दरबार, मन नपरे तलवार’आगो’।

उनको यो भनाइ १ सय १८ जनाले लाइक गरेका छन् भने एक जनाले प्रतिक्रिया जनाएका छन्।

अर्को कमेन्टकर्ता गोपाल खड्काले सुवास मेचेको अभिनय मन परेको भनाइ राखेका छन्। 

उनी लेख्छन्, ‘सुवास मेचेलाई देखेर खुसी हुने हाजिर हुम त।’

यस लगायत सबैजसोले फिल्मको ट्रेलरलाई सकरात्मक प्रतिक्रिया दिएका छन्। त्यसैले यो फिल्मले दर्शकमाझ हाइप लिइसकेको छ।

गत सोमबार दिउँसो रिलिज भएको यस फिल्मको ट्रेलरलाई  लिएर निर्माण पक्ष पनि खुशी रहेका छन्। उनीहरू दर्शकको प्रतिक्रियाबाट दंग देखिन्छन्।

ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको देख्न सकिन्छ। सत्ताको पावरमा आम मानिसमाथी हैकम चलाउनेहरूको एक दिन सर्वनास हुन्छ भन्ने भाव ट्रेलरमार्फत निर्देशकले भन्न खोजेका छन्।

यस फिल्ममा अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ । उनलाई दर्शकले एक्सन स्टारका रूपमा लिन थालेका छन्। उनको यो फिल्ममा अभिनेत्री अञ्जना बराइलीसँगको केमेस्ट्री पनि देख्न सकिन्छ। उनी प्रहरी इन्पेक्टरको भूमिकामा देखिएकी छन्। उनको यो पहिलो र सशक्त अर्को भूमिका हो।

दर्शकको अपार माया पाइरहेको अवस्थामा अभिनेता सुशील श्रेष्ठ दर्शकको प्रतिक्रियाबाट एकदमै राम्रो लागेको बताए।

उनी भन्छन्, ‘एकदमै राम्रो लागेको छ मलाई पनि। अडियन्सको फिडब्याकले झन् एकदमै उत्साहित बनाइरहेको छ।’

टिजर ट्रेलरबाट एकदमै राम्रो प्रतिक्रियाले आफू उत्साहित भएको र फिल्मले दर्शकको मन जित्छ भन्नेमा उनी विश्वस्त देखिए।

यता प्रहरी इन्पेक्टरको भुमिकामा देखिएकी अञ्जना बराईली पनि दर्शकको सकरात्मक प्रतिक्रियाले दंग परेको बताउँछिन्।

उनी भन्छिन्, ‘परिवर्तनलाई लिएर म आशावादी छु। साथै डराई पनि रहेको छु। किनभने आफुले पनि फरक भूमिका निवार्ह गरेको र कन्टेन नै देशको स्थितिबारे छ। त्यस कारण म उत्साहितका साथै नर्मस पनि बनेको छु।’

ट्रेलरमा सुशील र अञ्जनाका अलवा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतलाई पनि देख्न सकिन्छ।

ट्रेलरबारे निर्देशक विजय केरुङ पनि खुशी देखिएका छन्। उनका अनुसार यो फिल्म एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा सुशील र अञ्जना अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे को मुख्य भूमिका रहेको छ।

एक्सन–सस्पेन्स विधा मा निर्माण गरिएको यस फिल्ममा दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको छ। साथै फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।

बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी रहेको यस फिल्ममा एसडी योगीको संगीत, श्री श्रेष्ठको द्वन्द्व निर्देशन दर्शकले हेर्न पाउने छन्। फिल्म यही माघ ९ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ। फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ।

प्रकाशित: १ माघ २०८२ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App