दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मझदुरहरुको मृत्यु हुनुका साथै धेरै बेपत्ता भएको जनाइएको छ।
मंगलबार पश्चिम कोर्डोफानको एल–नाहुद सहर नजिकैको अल–जारा सुनखानी भत्किए पछिको उद्धार अभियानमा ६० जनाको शव बरामद गरिएको जनाइएको छ।
रातभरि उद्धार अभियानमा सहभागी भएपछि दुर्घटनामा बाँच्न सफल भएकाहरुले अझै कति जना मजदुरहरु खानी भित्रै फसिरहेको जनाएका छन्।
सन् २०२३ अप्रिलमा सुडानको सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बीच युद्ध सुरु भएदेखि, दुवै पक्षको युद्ध प्रयासहरूबीच विदेशी समर्थकहरूका अतिरिक्त सुन उद्योगद्वारा वित्त पोषित गरिएको जनाइएको छ।
द्वन्द्वले सुडानको पहिले नै कमजोर अर्थतन्त्रलाई तहसनहस पारेको छ भने देशका धेरै भागलाई प्रभावित बनाएको छ।
दुर्घटनामा परी बाच्ँन सफल भएकाहरुले अहिलेसम्म ६० जनाको शव निकालिएको पुष्टि गर्दै अझै धेरै जना कामदारहरु खानीको भग्नावशेषमा पुरिएको जनाएका छन्।
सुडान विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापनको सङ्कटबाट गुज्रिरहेको छ भने हाल लगभग दुई करोड मानिसहरूले भोकमरीको सङ्कटको सामना गरिरहेका छन्।एएफपी
प्रकाशित: ३१ भाद्र २०८३ १८:०५ बुधबार





