१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको दक्षिणी क्षेत्रमा हावाहुरीसहित भीषण वर्षा, ६ जनाको मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना ढलेपछि तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ। अरु केही घाइते भएका स्थानीय प्रहरीले बताएका छन्।  

मङ्गलबार साँझ महाराष्ट्रको साङ्गली जिल्लामा यो घटना भएको प्रहरीले बताएको छ।  

स्थानीय धार्मिक पर्वको अवसरमा मन्दिर भ्रमण तथा तिर्थ यात्रामा रहेका करिब ३५० जना प्रकोपका कारण पीडित भएका छन्। तेज हावासहित भारी वर्षा सुरु भएपछि उनीहरू ज्यान बचाउन निर्माणाधीन संरचना भित्र पुगेका थिए। 

तीव्र हावाको कारण उक्त संरचनाको टिनको छाना र पर्खाल तिनीहरूमाथि खस्दा दुर्घटना भएको भारतीय संचार माध्यमले जनाएका छन्।  

उद्धार टोलीले ६ जनाको शव बरामद गरेको र घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा लगिएको स्थानीय प्रहरीले जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०८३ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App