१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

दिल्लीमा कर्फ्यू

भारतमा कोरोना भाइरसको महामारी बढेसँगै दिल्लीमा सप्ताहान्त कर्फ्यू हुने भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा सप्ताहान्त कर्फ्यू लगाउने निर्णय गरेका हुन्। बुधबार एक पत्रकार भेटघाटमा दिल्लीमा कोरोनाको चौथो लहरले गम्भीर अवस्था देखाएको र संक्रमण दर पनि उच्च रहेको भन्दै सप्ताहान्त कर्फ्यूको घोषणा गरेको उनले बताए।  

उनले दिल्लीवासीलाई सम्बोधन गर्दै हाललाई दिल्लीमा कोभिड बेडहरुको कमी नहुने पनि जानकारी दिए। उनले भने, 'दिल्लीमा आज पनि ५ हजार भन्दा बढी कोभिड बेडहरु उपलब्ध छन्, र अरु बेड पनि बढाउने प्रयास भइरहेको छ।'

प्रकाशित: २ वैशाख २०७८ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App