२५ असार २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

पश्चिमी पाकिस्तानमा शुक्रबार यात्रुबहाक बस दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ।

क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस सडकबाट २० मिटर तल खोलामा खस्दा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिरो खोलामा खस्दा ४० जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको पुष्टि भएको झोब जिल्लाको आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीले बताए।

दुर्घटनामा घाइते भएका यात्रुहरूलाई अस्पताल लगिएको बताउदै तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सेरानीले बताए। बस करिब २१ देखि २४ मिटर खोलामा तल खसेर दर्घटना भएको सेरानीले बताए।

दुर्गम पाहाडी क्षेत्रमा दुर्घटना भएको कारण उद्धारमा कठिनाइहरूको सामना गर्नुपरेको उनले बताए।

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तका मुख्यमन्त्रीका प्रवक्ता शाहिद रिन्दले बस प्रान्तीय राजधानी क्वेटाबाट उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावर सहरतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको पुष्टि गरे।

दुर्घटनाको सुचना पाएपछि दुवै प्रान्तका उद्धार टोली घटनास्थलमा तैनाथ रहेको उनले बताए।

पाकिस्तानमा ट्राफिक नियमको उलङ्घन, उच्च गति, र कमजोर सडक सुरक्षा मापदण्ड र लापरवाहीपूर्ण ड्राइभिङ्गका कारण धेरै सडक दुर्घटनाहरू हुने गरेको जनाइएको छ।

प्रकाशित: १९ असार २०८३ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App