मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याँकर विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ।
प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याँकर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो। विस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीन वटा सवारी साधनमा समेत क्षति पुगेको थियो।
प्रकाशित: २ मंसिर २०७७ १३:२५ मंगलबार




