१० माघ २०७७ शनिबार
अन्तर्राष्ट्रिय

आफ्नो हार स्वीकार्न नमानिरहेका ट्रम्पले किन गरे नयाँ सरकारको संकेत !

ट्रम्प

अमेरिकाकाको जोर्जिया राज्यमा पनि जो बाइडेनले नै जित हासिल गरेका छन्।  

बिबिसीले गरेको प्रक्षेपणअनुसार योसँगै उनी सन् १९९२ पछि उक्त राज्यमा जित्ने पहिलो डेमोक्र्याटिक उम्मेदवार बनेका छन्।  

जोर्जियामा दोहोर्‍याएर हातैले मत गनिएको थियो।

यो मत परिणामले बाइडनको जित अझ फराकिलो बनाएको छ। 

अमेरिकामा राष्ट्रपति चुनाव जित्न २७० इलेक्टोरल मत ल्याउनुपर्छ, तर जोर्जियामा जितेसँगै बाइडेनका पक्षमा यस्तो मतको संख्या ३०६ पुगेको बिबिसीले जनाएको छ।  

उता उनका प्रतिस्पर्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नोर्थ क्यारलाइनामा जित्ने प्रक्षेपण गरिएको छ। त्यहाँ जितेमा ट्रम्पका पक्षमा २३२ इलेक्टरल मत हुनेछन्।  

यसैबीच अहिलेसम्म आफ्नो हार स्वीकार गर्न नमानिरहेका ट्रम्पले पहिलोपटक नयाँ सरकारको संकेत गरेका छन्।  

कोरोना नियन्त्रण कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको प्रेस ब्रिफिङमा उनले आउने जनवरीमा नयाँ सरकार आउने संकेत दिएका हुन्।  

‘अब मेरो प्रशासनले मुलुकमा थप लकडाउन गर्दैन,’ पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘आशा गरौं...पछि के हुन्छ। कसलाई के थाहा कुन सरकार हुन्छ। समयले नै बताउला।’

यस क्रममा उनले बाइडेनको नाम लिएनन् भने पत्रकारलाई प्रश्न गर्न अनुरोध पनि गरेनन्।  

अमेरिकाका सञ्चारमाध्यममले बाइडेनले स्पष्ट बहुमतका साथ चुनाव जितेको प्रक्षेपण गरिसक्दा तथा विश्वका विभिन्न देशले उनलाई बधाई दिइसक्दा पनि ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै र फेरि मत गन्नुपर्ने अडान राख्दै आफ्नो हार स्वीकार गरिसकेका छैनन्।

प्रकाशित: २९ कार्तिक २०७७ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App