२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत, जापान र अस्ट्रेलियालाई अमेरिकाको आह्वान : चीनविरुद्ध एक हौं

अमेरिकाले चीनविरुद्ध एक हुन आफ्ना साझेदार राष्ट्रहरूलाई आह्वान गरेको छ।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जापानको टोकियोमा आज (मंगलबार) सुरू क्वाड बैठकमा अमेरिकाका विदेशमन्त्री माइक पम्पेओले चीनको दादागिरीविरुद्ध एकजुट हुन भारत, जापान र अस्ट्रेलियाका समकक्षीहरूलाई आग्रह गरेका हुन्।  

बैठकमा भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकर, जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी र अस्ट्रेलियाकी मराइज पेन सहभागी छन्।

बैठकमा अमेरिकी विदेशमन्त्री पम्पेओ चीनविरुद्ध सबैभन्दा उग्र रूपमा प्रस्तुत हुँदै चीनले ढाकछोप गरेकै कारण कोरोना महामारीले यस्तो भयावह रूप लिएको आरोप लगाएका थिए।  

समकक्षीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीको शोषण, भ्रष्टाचार र जबर्जस्तीबाट आफ्ना नागरिक र साझेदार राष्ट्रलाई जोगाउन अहिले अरू बेलाभन्दा हामी अझ एक भएर सशक्त हुन जरुरी छ।’

तर अन्य राष्ट्रका विदेशमन्त्रीले भने सहकार्यमा जोड दिएको बताइएको छ। एजेन्सी

प्रकाशित: २० आश्विन २०७७ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App