१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनाबाट भारतका रेल राज्यमन्त्री अंगडीको निधन

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोनाका कारण निधन भएको छ। ६५ वर्षका अंगडीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

११ सेप्टेम्वरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई एम्समा भर्ना गरिएको थियो। उनले आफै ट्वीट गरेर यसको जानकारी दिएका थिए।

कर्नाटकका उनी त्यहाँको बेलगाम जिल्लाबाट लोकसभामा निर्वाचित भएका थिए। उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

 

 

प्रकाशित: ८ आश्विन २०७७ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App