७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कोरोनासँगै बढे ‘रिभेन्ज पोर्न’का घटना

यो वर्ष कथित ‘रिभेन्ज पोर्न’ का घटना बढेका छन्। जानकारहरुका अनुसार लकडाउनको समयमा यो समस्या बढेर गएको छ।

बेलायत सरकारको हेल्पलाइनमा रिव २ हजार भन्दा बढी यस्ता रिपोर्ट आएका छन्। पछिल्लो वर्षको तुलनामा यो २२ प्रतिशतले बढी हो।

हल्पलाइन चलाउनेहरुलाई यो ‘न्यू नर्मल’ बन्ने हो कि भन्ने त्रास बढेको छ। अर्थात मानिसहरुले यो सहज लिन थालेका हुन् कि भन्ने चिन्ता व्यक्त भएका छन्।

विभिन्न ठाउँमा बिना सहमति कसैका साथ पोर्न सेयर गर्नु गैरकानुनी हो।

रहेक सात जना महिलामा उसका अन्तरंग तस्बिर विना सहमति सेयर गरिदिने यस्तो धम्की आउने गरेको एक सोधले देखाएको छ।

२२ हजार पीडितका तस्बिर उनीहरुको अनुरोध पछि हटाइएको छ। युके सेफर इन्टरनेट सेन्टरका निर्देशक डेविट राइटका अनुसार लकडाउनका कारण केही अतिवादी परिस्थिति आएका छन् जसले धेरै समस्या ल्याएको छ। पूर्व पार्टनरले इन्टरनेटमा तस्बिर सार्वजनिक गर्दा रिवेन्ज पोर्नबाट धेरै पीडित भएका छन्। यस्ता समस्या पहिले थोरै देखिएका भए पनि कोरोना कहरसँगै बढेर गएको देखिएको छ।

 

 

 

प्रकाशित: २ आश्विन २०७७ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App