५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्वास्थ्यले साथ नदिएको भन्दै जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

फाइल तस्बिर : सिन्जो आबे

जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएका छन् ।

आफू अस्वस्थ भएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको बिबिसीले जनाएको छ ।  

आफ्नो बिग्रँदा स्वास्थ्यका कारण राज्यका काम कार्बाहीमा असर नपरोस् भनेर आफूले राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा बताए ।  

प्रधानमन्त्री आबेले भने, ‘मलाई अल्सरेटिभ कोलाइटिस, आन्द्रा सुनिने रोगले म वर्षाैंदेखि पीडित छु, अहिले मेरो अवस्था अझ बिग्रेको छ ।’

पछिल्लो समय जापानमा लामो समय प्रधानमन्त्री बन्ने उनै हुन् । यो कार्यकालअन्तर्गत उनले सन् २०१२ मा प्रधानमन्त्रीको पद सम्हालेका थिए । 

यसअघि पनि सन् २००७ मा आबेले अल्सरेटिभ कोलाइटिसकै कारण अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई यो रोग किशोर अवस्थादेखि नै लागेको हो । 

उनी एक कट्टर रूढिवादी एवं राष्ट्रवादी नेताका रूपमा चिनिन्छन् ।  देशमा द्रुत विकासका लागि उनले आक्रामक आर्थिक नीति अपनाएका थिए, जसलाई ‘आबेनोमिक्स’ भनिन्छ ।  

यो पनि पढ्नुहोस्

स्वास्थ्य बिग्रिँदै गएपछि जापानका प्रधानमन्त्री आबे राजीनामा दिँदै

प्रकाशित: १२ भाद्र २०७७ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App