५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्वास्थ्य बिग्रिँदै गएपछि जापानका प्रधानमन्त्री आबे राजीनामा दिँदै

फाइल तस्बिर : जापानका प्रधानमन्त्री सिन्जो आबे

स्वास्थ्य खराब हुँदै गएकाे भन्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिन लागेका छन् ।  

स्थानीय सञ्चारमाध्यमलाई उल्लेख गर्दै एएफपीले जनाएअनुसार आफ्नो स्वास्थ्यका कारण राज्यको काम कार्बाहीमा असर नपरोस् भनेर उनले पदबाट राजीनामा दिन लागेका हुन् ।  

हालै प्रधानमन्त्री आबे दुईपटक अस्पताल भर्ना भइसकेका छन् । उनलाई अल्सरेटिभ कोलाइटिस (ठूलो आन्द्रामा हुने रोग) लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकाशित: १२ भाद्र २०७७ ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App