१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसले बनाएको भनिएको कोरोना भ्याक्सिनबारे किन प्रश्न उठ्यो?

करिब दुई महिनाको ट्रायलपछि कोरोना भाइरसको भ्याक्सिन तयार गरेको रुसी राष्ट्रपति भ्लादमिर पुटिनले दाबी गरे। गेमालेया इन्चिच्युटमा विकास गरिएको उक्त भ्याक्सिन उनकै छोरीलाई पनि दिइयो। रुसले उक्त भाइरसको नाम ‘स्पुतनिक बी’ दिइएको छ। रुसी भाषामा स्पुतनिकको अर्थ स्याटेलाइट भन्ने हुन्छ। रुसले पहिलो स्याटेलाइट बनाएको थियो। जसको नाम पनि स्पुतनिक थियो।  

खोपका बारेमा उनले सरकारका मन्त्रीलाई सम्बोधन गर्दै कोरोना भाइरसको खोप दर्ता गरिएको बताएका छन्। जसलाई दुई महिनासम्म मानिसमा परीक्षण गरिएको उनले बताए। भ्याक्सिनलाई त्यहाँको स्वास्थ्य मन्त्रालयले पनि स्वीकृत गरिसकेको छ। अब छिट्टै उक्त खोप उत्पादन गरेर मानिसहरुलाई दिने तयारी रुसले गरेको छ। आगामी अक्टोबरबाट ठूलो संख्यामा उत्पादन गर्ने घोषणा पनि गरिसकेको छ।  

रुसी सञ्चार माध्यमकाअनुसार सन २०२१ को जनवरीममा अन्य देशका लागि खोप उपलब्ध हुनेछ।

जुन गतिमा रुसले खोप बनाएको दाबी रुसले गरेको छ यसलाई विश्वका वैज्ञानिकरुले विभिन्न चिन्ता समेत व्यक्त गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सहित विश्वका वैज्ञानिकहरु यस विषयमा बहस गरिरहेका छन्। डब्ल्यूएचओले रुसले बनाएको भनिएको खोपका बारेमा जानकारी नभएकोले यसको मूल्यांकन गर्न नसकिने जनाएको छ।  

डब्ल्यूएचओ अन्तरगतको पैन अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्, ‘ब्राजिलले कोरोना खोज बनाउन सुरु गर्दै छ। तर अझैं ट्रायल पूरा नभई खोप उत्पादन गर्न हुँदैन।’

खोप बनाउने जसले पनि प्रकृया पूरा गर्नुपर्छ। जसले खोज सुरक्षित छ भनेर सुनिश्चित गर्छ उसलाई डब्ल्यूएचओले पनि मान्यता दिनेछ। गत हप्ता डब्ल्यूएचओले रुसलाई कोरोनाविरुद्धको खोप  बनाउँदा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न आग्रह गरेको थियो। डब्ल्यूएचओ अन्तर्गत जुन ६ खोपको तेस्रो चरणको ट्रायल चलिरहेको छ। जसमा रुसले बनाएको भनिएको खोप सामेल छैन। जस कारण विश्वका अन्य देशहरुले उक्त खोपप्रति आशंका व्यक्त गरेका हुन्।  

‘स्पुतनिक बी’लाई लिएर एक अर्को चिन्ता छ। जुन खोज बनाएको रुसले दाबी गरेको छ त्यसको पहिलो फ्रेजको ट्रायल गत जुनमा सुरु भएको थियो। बीबीसी लण्डनका स्वास्थ्य संवाददाता फर्गस वाल्सकाअनुसार रुसले खोप बनाउँदा ट्रायल पूरा गर्न ज्यादै हतार गरेको देखियो। चीन, अमेरिका तथा यूरोपमा भ्याक्सिन ट्रायल सुरु भैसकेपछि रुसले गत १७ जुनमा ट्रायल सुरु गरेको थियो।  

मस्कोको गेमालेया इन्चिच्युटमा विकास गरिएको यो खोप ट्रायलको विवरण हालसम्म सार्वजनिक गरिएको छैन। जसकारण अन्य देशका वैज्ञानिकहरुले रुसको दाबीलाई अध्ययन गर्न पाएका छैनन् र यो कति विश्वसनीय छ भन्ने पनि यकिन गर्न सकेका छैनन्। फर्गस वाल्सकाअनुसार कुनै पनि रोगको केबल पहिले खोप बनाएको दाबी सबैथोक होइन। खोप संक्रमणबाट बचाउन कति सक्षम छ त्यो सावित गर्नु महत्वपूर्ण हुन्छ। रुसले बनाएको भनिएको खोपको बारेमा दुनियालाई यो जानकारी अहिलेसम्म छैन।  

गत महिना अमेरिकाका संक्रमण रोग विशेषज्ञ डा. एन्थनी फाउचीले पनि रुस तथा चीनले गरिरहेको खोपको ट्रायलको तीब्रतामा आशंका व्यक्त गरेका थिए। त्यस समयमा डब्ल्यूएचओलका प्रवक्ताले पनि कुनै वैज्ञानिकलाई खोप बनाउने दिशामा सफलता नमिलेको बताएका थिए। भ्याक्सिन ट्रायलका केही चरण हुन्छन्। जसलाई पार गर्न बर्षौ पनि लाग्ने गरेका छ। मेडिकल जर्नल ल्यान्डसेटका इडिटर इन चिफ रचिर्ड आर्टनकाअनुसार हालसम्म विश्वमा सबैभन्दा छिटो जीका भाइरसको खोप बनेको थियो। जसलाई बनाउन पनि दुई वर्ष लागेको थियो। उनले यो पनि स्पष्ट पारे कि जबसम्म भाइरसविरुद्ध खोप बन्यो त्यतिबेला सम्म भाइरसको कहर पनि कम भैसकेको थियो। जसकारण उक्त खोप कति प्रभावकारी थियो भन्ने धेरै विवरण छैन।  यदि कोरोनाविरुद्धको खोप यति छिटै बन्यो भने यो दुनियाकै अहिलेसम्मकै छिटो बनेको खोप हुनेछ। यस विषयमा स्वयं रुसमा पनि सवाल उठेका छन्।  

मस्कोस्थित इसोसियसन अफ क्लिनिकल ट्रायल अर्गनाइजेसन (एक्टो) ले रुसी सरकारले खोपको प्रमाणिकरण प्रकृयामा आलटाल गरेको आशंका व्यक्त गरेको छ। उसकाअनुसार यस खोपको तेस्रो चरणको ट्रायलको नतिजा बाहिर नआउन्जेल प्रमाणिकरण गर्न हुँदैनथ्यो।  

अक्सफोर्ड युनिभर्सिटीमा जुन भ्याक्सिनको तेस्रो चरणको ट्रायल १० हजार मानिसहरुमा गरिरहेको छ। पहिलो चरणमा पनि हजारभन्दा बढीमा ट्रायल गरिएको थियो।  

विश्वभर कोरोना खोपको रेस

रुसमात्रै होइन  दुनियाँभरका सयभन्दा बढी देश खोप बनाउने रेसमा छन्। जसमा २० भन्दा बढी खोपको मानिसमा परीक्षण भैरहेको छ। अमेरिकामा ६ प्रकारका खोपमा काम भैरहेको छ। अमेरिकी कोरोना भाइरस विशेषज्ञ एन्थनीकाअनुसार यो वर्षको अन्तसम्ममा एक सुरक्षित तथा प्रभावी खोप तयार हुनेछ। ब्रिटेनले पनि खोपका लागि चार वटा सम्झौता गरेको छ। चीनको सिनोवैक बायोटेकले लिमिटेडले मंगलवार खोपको मानव ट्रायलको सुरुआत गरेको छ।  

यो भ्याक्सिनको ट्रायल इन्डिोनेसियामा १६२० बिरामीमा गरिँदैछ। भारतमा पनि खोपको मानिसमा परीक्षण सुरु भैसकेको छ। डब्ल्यूएचओले पनि २०२१ को सुरुमा कोरोनाविरुद्धको खोप आम मानिसका लागि उपलब्ध हुने विश्वास लिएको छ।

बीबीसीबाट  

 

 

प्रकाशित: २९ श्रावण २०७७ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App