७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बेरुत विस्फोटपछि लेबनानमा ह्वात्तै बढ्यो कोरोना संक्रमण

ठूलो जनधनको क्षति हुने गरी केही दिनअघि राजधानी बेरुतमा भएको विस्फोटपछि लेबनानमा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।  

त्यहाँ आइतबार एक दिनमा थपिने संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको हो ।  

आइतबार लेबनानमा थप २९४ जनाका कोरोना पुष्टि भएको हो । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार योसमेत देशभरमा संक्रमितको संख्या ६ हजार ५१७ पुगेको छ ।  

एक हप्ताअघि देशभर एक दिनमा औसत १५५ संक्रमित थपिएका थिए । एक हप्ताभित्रै संक्रमण दर दुई गुणा बढेको हो ।  

लेबनानमा अहिलेसम्म कोरोनाका कारण ७६ जनाको मृत्यु भएको छ । त्यहाँका स्वास्थ्य विशेषज्ञले गत मंगलबार बेरुतमा भएको विस्फोटले देशमा कोरोना संक्रमण बढ्ने आशंका व्यक्त गरेका थिए । विस्फोटमा परी २०० जनाको मृत्यु भएको थियो ।  

लेबनान यतिबेला विस्फोट र कोरोना महामारी दुवैको संकटसँग लडिरहेको छ ।  बिबिसीबाट

प्रकाशित: २६ श्रावण २०७७ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App