५ आश्विन २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डुजुआन टाइफुनका कारण जापानमा २७५ उडान रद्द, जनजीवन प्रभावित

टाइफुन डुजुआन टोकियो नजिकिँदै गर्दा सोमबार जापानमा कम्तीमा २७५ उडान रद्द भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

जापान मौसम विज्ञान एजेन्सीले मंगलबारसम्म सेप्टेम्बरको औसत मासिक वर्षाभन्दा बढी पानी पर्न सक्ने चेतावनी दिएको छ।

चिबा प्रान्तमा चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् भने टोकियो र आसपासका क्षेत्रमा रेल सेवा प्रभावित भएको छ।  

जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय तथा अल निप्पोन एयरवेजले १४० आन्तरिक उडान रद्द गरेका छन्।

एजेन्सीका अनुसार टाइफुनसँगै वर्षा र हावाको गति थप तीव्र हुने तथा केही क्षेत्रमा रेकर्ड तोड्ने भारी वर्षा हुनसक्छ।

टोकियोबाट करिब ११० किलोमिटर टाढा हचिजोजिमा नजिक पुग्दा आँधीको हावाको गति प्रतिघण्टा १४४ किलोमिटरसम्म पुगेको थियो।

भारी वर्षासँगै पहिरोको जोखिम रहेकाले स्थानीय अधिकारीले बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

आँधीका कारण विश्वकै ठूलो भिडियो गेम व्यापार मेला ‘टोकियो गेम शो’ अन्तिम दिन सोमबार निर्धारित समयभन्दा अगावै बन्द गरिएको छ।

चिबामा हुने प्रमुख खुला सङ्गीत महोत्सव र एउटा बेसबल खेलसमेत रद्द गरिएको छ।एएफपी

प्रकाशित: ५ आश्विन २०८३ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App