२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२६ वर्षीया क्याबिन क्रुमाथि होटलमै यौन दुर्व्यवहार, पाइलटविरुद्ध मुद्दा

होटलमा चार्टर्ड उडानका पाइलटले क्याबिन क्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर भएको छ। बेंगलुरुको एक होटलमा २६ वर्षीया क्याबिन क्रु सदस्यमाथि नोभेम्बर १८ मा यौन दुर्व्यवहार भएको हो। प्रहरीले आइतबार यसको पुष्टि गरेको थियो।

टाइम्स अफ इन्डियाका अनुसार पीडितले हैदराबादको बेगमपेट प्रहरी चौकीमा उजुरी दिएपछि भारतीय न्याय संहिताका सम्बन्धित खण्डहरू अन्तर्गत ‘शून्य एफआईआर’ दर्ता भएको अधिकारीहरूले बताएका छन्।

‘हैदराबाद फर्केपछि चालक दलका सदस्यले यहाँ घटनाको रिपोर्ट गरे र हामीले मुद्दा दर्ता गर्‍यौँ र यसलाई बेंगलुरुको हलासुरु प्रहरी चौकीमा स्थानान्तरण गरिएको छ। उनीहरूले मुद्दाको अनुसन्धान गरिरहेका छन्,’ बेगमपेट प्रहरी चौकीका एक प्रहरी अधिकारीले भने। एजेन्सी

प्रकाशित: ८ मंसिर २०८२ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App