२२ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु, १८९ घाइते

चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ।

देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्।  

एउट भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ।  

स्थानीय समय अनुसार बेलुका ४।४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका छन्। विस्फोट भएको ट्याङ्कर ट्रकमा ग्यास ल्याइएको थियो।

चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारी अनुसार छेझिङ प्रान्त अन्तर्गत पर्ने संघाईको शेन्याङ—हाइकोउ राजमार्ग दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि छ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App