५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

जापानले लकडाउन बिना कोरोना महामारीलाई कसरी जित्यो ?

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै जाँदा देशहरूले संक्रमणबाट बच्न लकडाउन र धेरै परीक्षणमा जोड दिए। यद्यपि सबै देशहरूमा संक्रमण कम भएको देखिँदैन।  

अमेरिका, रुस, बेलायत, चीन जस्ता देशहरूले पनि कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन नै लागू गरे। यद्यपि तमाम आलोचना र प्रश्नहरूको बाबजुत पनि जापानले लकडाउनलाई लागू गरेन।  जापानमा आपतकालको घोषण गरिएको थियो, तर आमनागरिकहरुलाई घरबाट बाहिर निस्कन र काम गर्ने अनुमति दिइएको थियो।  विश्वका अन्य देशहरुमा जस्तो जापान सरकारसंग  लकडाउन गर्ने अधिकार छैन।  

यद्यपि स्थानीय गभर्नरलाई कोरोबार ठप्प गर्न र सर्वसाधारणलाई घरमै रहन अपील गर्न सक्ने अधिकार भने रहेको छ।  तर यसलाई अनुशरण नगरे कुनै सजाय वा दण्डको प्रावधान छैन।  

आँकडलाई हेर्दा थाहा हुन्छ कोरोना संक्रमणका कारण मानिसहरुको चहलपलमा भने केहि कमी आएको देखिन्छ।  

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले संक्रमणबाट बच्न धेरै परीक्षणलाई जोड दिए पनि जापानले गम्भीर लक्षण देखिएका मानिसहरुलाई मात्रै परीक्षण गर्यो।  जापानले कुल जनसंख्या मध्ये ०.२ प्रतिशतको मात्र परीक्षण गरेको थियो।  

जापानमा सबैभन्दा कम परीक्षणलाई लिएर प्रश्नहरु पनि उब्जिए, तर प्रधानमन्त्री सिन्जो आवेको कन्ट्रयाक ट्रेसिङको रणनिति अधिकाशं क्षेत्रमा सफल भएको र जसले गर्दा संक्रमण फैलनबाट रोक्न सफल भएको बताएका छन्।  

जापान मोडल कसरी प्रभावकारी ?

जतिबेला विश्वमा कोरोना भाइरसको संक्रमण फैलन सुरु भएको थियो त्यतिबेला जापानका डायमन्ड प्रिन्सेस क्रुज सिपमा फैलिएको संक्रमण नियन्त्रण गर्न  ढिलाई भएको कारण जापानको आलोचना गरिएको थियो।  जापानको स्वास्थ्य प्रणालीको असफल हुन सक्ने धेरै विशेषज्ञहरूले पूर्वानुमान गरेका थिए।  संक्रमणबाट लाखौं मानिसले ज्यान गुमाउन सक्ने अनुमान पनि गरिएको थियो।  तर जापान सरकारले आफ्नो रणनीति अनुरुप काम गर्यो र कोरोना युद्धमा विजय हासिल गरेको घोषणा गर्यो।  

प्रधानमन्त्री सिन्जो आवेले डेढ महिना लामो आपतकाल अन्त्य भएको घोषणा गरेका छन्।  आपतकाल घोषणा गर्दै उनले भने, ‘जापानको आफ्नै विशेष विधि अपनाएर यो संक्रमणको छाललाई लगभग पूर्ण रूपमा परास्त गरेका छौं। ’  आवेले यो विश्व महामारीसंग जुध्न जापानी मोडलले धेरै  प्रभावकारी प्रमाणित भएको बताएका छन्।  

त्यसो त यतिबेला थुप्रै प्रश्न उठ्न थालेको छ कि जापानीज मोडलमा त्यस्तो के थियो जसका कारण  जापानले कोरोना संक्रमण यति छिटो विजय प्राप्त गयो र महामारी व्यापक रूपमा फैलन दिएन। जबकि अमेरिका वा रूस जस्ता शक्तिशाली देशहरूमा संक्रमण बढिरहेको छ।  स्वास्थ्य श्रेणीमा जापान दोस्रो स्थानमा छ।  त्यहाँको २६ प्रतिशतभन्दा धेरै जनसंख्यामा ६५ भन्दा माथिका रहेका छन्।  अर्थात यो उमेर समूहकाहरुलाई कोभिड–१९ को उच्च जोखिम रहन्छ।  जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यंक अनुसार जम्मा कोरोना संक्रमण १६ हजार ७ १६ देखियो भने ८८८ जनाको मृत्यु भएको छ।

यद्यपि जापानमा ठूलो संख्यामा  परीक्षण गरिएको थिएन, तर स्वास्थ्य सेवाहरू सस्तो र राम्रो भएकोले सानो समस्या पर्दा  मानिसहरू डाक्टरलाई देखाउने गर्दछन्।  उनीहरु यसका लागि ठूलो समस्या पर्खेर बस्दैनन्।  

यसकारण नियन्त्रण भयो निमोनिया  

एसिया टाइस्को एक रिर्पोटअनुसार जापानमा सबै भन्दा बढी निमोनियाका कारण प्रत्येक वर्ष मृत्यु हने गर्दछ।  सन् २०१४ मा ६५ वर्ष र यो भन्दा बढी उमेरका वृद्धवृद्धलाई  निमोनिया खोपको लागि निःशुल्क सेवा गरिएको थियो।  यो एक पटक लागि मात्रै थियो तर हाल यो खोपलाई नियमित गरिएन।  यद्यपि यो स्थापना गर्न आवश्यक थिएन।

यो खोप अभियानपछि सन् २०१७ मा निमोनियाका कारण हुने मृत्युमा निकै कम भएको छ।  सन् २०१८ मा निमोनिया का कारण जापानमा मृत्यु कम भएकोले सूची तेस्रो स्थानबाट पाँचौं स्थानमा पुगेको छ।  यसको अर्थ नयाँ औषधि र परीक्षण को सुविधाहरूलाई मानिएको छ।  

कोरोना संक्रमणका लक्षणहरूमा निमोनिया पर्छ र बिरामीलाई सास फेर्न गाह्रो हुन गर्दछ।  जापानमा सिटी स्क्यानबाट निमोनियाको सुरुआती चरण पहिचान हुने गदर्छ र तुरुन्तै यसको उपचार हुन गर्दछ।  जसका कारण जापान कोरोना संक्रमणबाट जोखिएको हो।  

बीबीसी ट्राभल रिपोर्टमा टोकियोका डाक्टर मीका वाशीयो भनेका छन्,‘सीटी स्क्यानले निमोनियाको च्यापेको पत्ता लाग्छ र तुरुन्तै उपचार सुरु गरिन्छ।  निमोनिया उपचारको छिटो भएकै कारण जापानमा संक्रमणबाट मृत्यु भएन। ’  

समुदायमा पनि भाइरस संक्रमण पत्ता लगाएर रोकथाम समिति बनाएर समयमै सजगता अपनाइयो।  

आफ्नो स्वास्थ्यप्रति ख्याल गर्ने जापानी संस्कृति को कारण, कोभिड–१९ संक्रमणलाई नियन्त्रण गर्न सफल भएको हो।  जापानका मानिसहरू पहिलेदेखि नै मास्क लगाउँथे।  विषेशगरि  जाँडो मौसमा यस्ता भाइरस त्यति नफैलिउन भनेर। ’  

जापानका करिब ६० प्रतिशत मानिसहरु आफ्नो स्वास्थ्य जाँच गर्छन र स्वास्थ रहने प्रयास गर्छन।  तर यसको अर्थ यो होइन कि चुनौती छैन।  

कोभिड –१९ को संक्रमण भएका धेरैजसो बिरामीहरू अस्पतालमा भर्ना हुनु पर्ने, तर जापानले गम्भीर बिरामीका लागि बेडमा लगेर उपचार गरिन्छ।    

यस्तो छ सांस्कृतिक कारण  

जापानमा सामाजिक दुरी जीवनको एक भाग हो।  अमेरिका, फ्रान्स र इटलीमा जस्तै मानिसहरुसंग भेट्दा वा स्वागत गर्दा धेरै नजिक गएर गर्दैनन्।  मानिसहरु स्वस्थ्य र सरसफाईमा सजग छन्।  यही कारण मास्क लगाउन, समाजिक दुरी कायम गर्न र अन्य नियमहरु पालना गर्न गाह्रो छैन्।    

 

 

प्रकाशित: २४ जेष्ठ २०७७ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App