८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आज इदको दिन भारतका सबैजसो मस्जिद बन्द

आज मुस्लिम समुदायका नागरिकको ठूलो पर्व इद उल फित्रका दिन नयाँ दिल्लीलगायतका भारतका अधिकांश स्थानका मस्जिदहरु बन्द रहेका छन् । भारतमा पनि बढ्दो कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि गएको दुई महिना भन्दा लामो समयदेखि लकडाउन गरेको छ ।  

लकडाउनका कारण तथा यस प्रकोपको बढ्दो संक्रमणका कारण यहाँका मुस्लिम समुदायका नागरिकहरु आज मस्जिदमा भेला भएका छैनन् । नयाँ दिल्लीको सबैभन्दा ठूलो फेताहपुरी मस्जिद आज बन्दाबन्दीको पालना गर्दै बन्द गरिएको छ । यसअघिका इदको समयमा हजारौँको भीड लाग्ने गरेको यस मस्जिदमा आज कोही पनि उपस्थित भएका छैनन् ।  

इस्लामिक धर्मावलम्बीहरुले एक महिनाको रमजान ब्रतपछि आज इद उल फित्रको दिनमा उक्त ब्रतको समापन गर्ने गर्दछन् । यस दिन विश्वका मुस्लिम समुदायका नागरिकहरु मस्जिदमा जम्मा भएर इद मनाउने गर्दछन् । तर आज भारतका प्रायः सबैजसो मस्जिदहरु बन्द रहेका बताइएको छ ।  

यसवर्ष कोभिड १९को महामारीका कारण यसअघि महिनादिनदेखि जारी रहेको इदको अवसरमा पनि कसैलाई मस्जिदमा नजान र घरबाटै नमाज पढ्न भारत सरकारले आग्रह गरेको थियो । सरकारको सोही आदेश बमोजिम नै भारतका प्रायः सबैजसो मस्जिदमा इस्लाम धर्मावलम्बीहरु गएको महिना दिन सम्म र आज पनि जम्मा भएका छैनन्। 

प्रकाशित: १२ जेष्ठ २०७७ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App