१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खाडिमा कोरोना संक्रमित १ लाख नाघे, मृत्यु हुने ७ सय नजिक

नेपालीहरुको बाक्लो उपस्थिति रहेको खाडी मुलुकहरुमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या १ लाख नाघेको छ।  खाडि मुलुकहरू बहराईन , कुवेत , ओमन , साउदी अरेबिया , कतार र युएईका सरकारी निकायहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार साँझसम्म कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १ लाख ४ हजार ४ सय २८ पुगेको हो। 

खाडिमा सबैभन्दा धेरै आवादी रहेको देश साउदी अरेबियामा सोमबार साँझसम्म ४१ हजार १४ जना कोरोनाबाट संक्रमित भएका छन् भने अहिलेसम्म २ सय ५५ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ। यसैगरी कतारमा संक्रमित हुनेहरुको संख्या २३ हजार ६ सय २३ पुगेको छ। त्यहाँ अहिलेसम्म १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। 

संयुक्त अरब ईमिरेट्स (युएई) को स्वास्थ तथा रोकथाम मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १८ हजार ८ सय ७८ रहेको छ भने मृत्यु हुनेहरुको संख्या २ सय १ पुगेको छ। 

यसैगरी कुवेतमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ९ हजार २ सय ८६ पुगेको छ। त्यहाँ अहिलेसम्म ६५ जनाको मृत्यु भएको बताईएको छ। त्यस्तै बहराईनमा संक्रमित हुनेहरुको संख्या ५ हजार २ सय ३६ पुगेको छ भने ८ जनाको मृत्यु भईसकेको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ। 

ओमनमा पनि संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ। त्यहाँ सोमबार साँझसम्म ३ हजार ५ सय ७३ जनामा कोरोनाको संक्रमण पाईएको छ भने १७ जनाको मृत्यु भएको बताईएको छ। 

खाडिमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ७ सय पुग्न लाग्दा २९ हजार ५७ जनाले स्वास्थ लाभ गरिसकेका छन्। 

प्रकाशित: ३० वैशाख २०७७ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App