२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्भयाका दोषीकी पत्नीले मागिन् सम्बन्धविच्छेद

नयाँ दिल्ली – दिल्लीको चर्चित निर्भया काण्डका दोषीमध्येका एक अक्षय ठाकुरकी पत्नीले सम्बन्धविच्छेदको निवेदन दिएकी छन्। उनले औरंगावाद परिवार न्यायालयका प्रधानन्यायाधीश रामलाल शर्माको न्यायालयमा सम्बन्धविच्छेदको निवेदन दिएकी हुन्।

औरंगाबादका अधिवक्ताले सम्बन्धविच्छेदको निवेदन कानुनी दाउपेचको एउटा उपाय मात्रै भएको बताएका छन्। उनीहरुले यो अक्षयको मृत्युदण्ड रोक्ने एउटा षड्यन्त्र भएको दाबी गरेका छन्। अक्षयकी श्रीमती पुनिताका वकिल मुकेश सिंहले पीडित महिलाले हिन्दु विवाह अधिनियम अनुसार केही विशेष अवस्थामा सम्बन्धविच्छेद लिन सक्ने जानकारी दिँदै यसमा दुष्कर्मको घटना पनि समावेश भएको बताएका छन्।

उनले भने, ‘यदि दुष्कर्मको मामलामा कुनै महिलाका श्रीमानलाई दोषी ठहर गरे उनले सम्बन्धविच्छेदका लागि निवेदन दिन सक्छिन्।’ अक्षयकी श्रीमती पुनिताले अदालतमा दिएको निवदेनमा लेखिएको छ, ‘मेरा श्रीमानलाई निर्भया मुद्दामा दोषी ठहर गरिएको छ र उनको मृत्युदण्डको मिति पनि तोकिएको छ। यद्यपि, मेरा श्रीमान् निर्दोष छन्। यस्तो अवस्थामा म उनकी विधवा बनेर बस्न सक्दिनँ त्यसकारण मलाई सम्बन्धविच्छेद चाहिएको हो।’

निर्भयाका चारैजना दोषीलाई मार्च २० मा मृत्युदण्ड दिइनेछ। निर्भयाका चारै दोषीमध्ये तीन अक्षय सिंह, पवन गुप्ता र विनय शर्माले अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढकाएका छन्।

प्रकाशित: ६ चैत्र २०७६ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App