कोलम्बियाकोे विद्रोही नियन्त्रित क्षेत्रमा नवगठित सरकारको आदेशपछि भएको बम आक्रमणमा कोलम्बियामा २० जना छापामारहरुको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले बताए।
उनले आक्रमणमा २० जना नार्को–आतङ्ककारीहरुको मृत्यु भएको पुष्टि गर्दै पाँच जनालाई पक्राउ गरेको तथा दुई जना नाबालिकालाई उद्धार गरेको सामाजिक सञ्जाल एक्समार्फत बताएका छन्।
दक्षिणी कोलम्बियाको ग्वाभियरेमा सोमबार भएको उक्त अपरेसन इभान मोर्डिस्को भनेर चिनिने कोलम्बियाको ‘मोस्ट वान्टेड’ विद्रोहीको कमान्डमा रहेका गुरिल्लाहरू विरुद्धको अपरेसन भएको जनाइएको छ।
उनले लागुऔषध तस्करी, अवैध खनन र जबरजस्ती असुलीबाट वित्त पोषित सशस्त्र समूहहरू विरुद्ध चलाएको सैन्य कारबाहीको क्रममा उनीहरुको मृत्यु भएको बताए। यो आक्रमण अगस्तको सुरुमा भएका गुरिल्लाहरू विरुद्ध दुई घातक हवाई आक्रमणहरू पछिको आक्रमण हो।
मोर्डिस्को सेन्ट्रल जनरल स्टाफ (इएमसी) विद्रोही समूहका नेता हुन्, जुन दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामा सबैभन्दा ठूलो गैरकानुनी सशस्त्र समूहहरू मध्ये एक हो। जसले पछिल्लो दशकमा खराब हिंसाको सामना गरिरहेको छ।
सन् २०१६ को शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि इएमसी अहिले निष्क्रिय रहेको रिभोलुसनरी आर्मड फोर्सेज अफ कोलम्बिया (एफएआरसी) बाट अलग भएको जनाइएको छ। फरेन्सिक अधिकारीलगायतका स्रोतहरुले गत हप्ता हवाई आक्रमणमा मारिएका मध्ये चार जना नाबालिग रहेको बताएका छन्।
सशस्त्र समूहहरूले सामाजिक सञ्जाल अभियानमार्फत बालबालिका र किशोरहरूलाई हिसांत्मक क्रियाकलापमा समावेश गरिरहेको अधिकार समूहहरूले चेतावनी दिएका छन्।
प्रकाशित: १६ भाद्र २०८३ १४:३३ मंगलबार




-600x400.jpg)
