विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ। ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले सोमबार अर्थमन्त्रीसमक्ष ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
यसअघि शंकर ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्ट उपलब्ध गराएको जनाएको छ। टेन्ट अस्थायी आश्रयका लागि प्रयोग गरिने ग्रुपले बताएको छ।
ग्रुपले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना जनाएको छ। साथै बेपत्ता नागरिकको सकुशल उद्धारको कामना गरेको छ।
विपद्को समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी अधिकारी तथा स्वयंसेवकले उद्धार र राहतमा पुर्याएको योगदानको पनि ग्रुपले प्रशंसा गरेको छ। राष्ट्रिय संकटका बेला सरकार र नागरिकसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको ग्रुपले जनाएको छ।
प्रकाशित: १६ भाद्र २०८३ १२:३५ मंगलबार




-600x400.jpg)
