coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अतिवादीको आक्रमणमा आठ जनाको मृत्यु

नैरोबी– अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल–शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

केन्याका राष्ट्रपति उहुरु केन्याटालाई यस आततायी घटनाका बारेमा जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ। यस आक्रमणमा केही सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। एक जना वरिष्ट प्रहरी अधिकारीले आक्रमणमा कम्तीमा सात जना प्रहरीको हत्या भएको बताएका छन्।

अल–शबाबले एक विज्ञप्ती प्रकाशर गरी सुरक्षाकर्मी र सरकारी कर्मचारी गरी १० जनाको हत्या गरिएको भन्दै जिम्मेवारी लिएको छ। यो आक्रमण भएको स्थान सोमालियासँग सीमा जोडिएको केन्याली भूमि हो। यस क्षेत्रमा नियमित झैं अल–शबाबले आक्रमण गरिरहेका छन्।

गत जुन १५ मा वजिर काउन्टीमा पनि कम्तीमा आठ जना प्रहरी सुरक्षाकर्मीको हत्या भएको थियो।

अल–कायदासँग आवद्ध अल–शबाबले अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सोमाली सरकारलाई विस्थापित गर्न सशस्त्र हिंसात्मक आन्दोलन गरिरहेको छ। केन्याले सन् २०११ मा दक्षिणी सोमालियामा विद्रोही नियन्त्रणका लागि सेना पठाएको छ। एएफपी

प्रकाशित: २१ मंसिर २०७६ १५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App