१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी व्यापार घाटा घट्यो, अक्टोबरमा घाटा प्रतिशत ७.६ कायम

वासिङ्टन- अमेरिकाको ब्यापार घाटा अक्टोबरमा अनपेक्षितरूपमा घटेको सरकारी तथ्याङ्कले देखाएको छ।

अमेरिकीहरूले यो बर्ष विदेशी कार तथा अन्य सवारी साधन खरिदमा गरेको नियन्त्रण र खेलौना तथा मोबाइल आयातमा अर्बौँ अमेरिकी डलर कम खर्चिएका अमेरिकी बाणिज्य विभागद्वारा बिहीबार जारी तथ्याङ्कले देखाएको छ।

अमेरिकाका समग्र ब्यापार घाटा ७.६ प्रतिशतमा झर्दा अझै ४७ अर्ब दुई करोड अमेरिकी डलर घाटा देखिएको छ। यो अमेरिकी अर्थशास्त्रीहरूले अपेक्षा गरेकोभन्दा निकै कम हो। 

यससँगै अमेरिकी ब्यापार घाटा सन् २०१८ को मे महिनापछि पहिलो पटक सबैभन्दा कम देखिएको छ। अमेरिकी निर्यातमा पनि अक्टोबरमा दुई खर्ब सात अर्ब एक करोड अमेरिकी डलर कमी आएको छ। यद्यपि आयात दर निकै कम भएकोले ब्यापार घाटामा कमी देखिएको हो।

 अमेरिकामा गत अप्रिलपछि १.७ प्रतिशतले कमी आएको र यसबाट आयात खर्च अक्टोबरमा दुई खर्ब ५४ अर्ब तीन करोड अमेरिकी डलर कायम भएको छ। एएफपी

प्रकाशित: १९ मंसिर २०७६ १५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App