coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लेबनानमा विद्यार्थीको प्रदर्शन

बेरुत (एजेन्सी)– चार साता अघिदेखि आन्दोलनमय लेबनानमा बिहीबार हजारौं विद्यार्थीले सडकमा प्रदर्शन गरेका छन्।

सरकारविरुद्ध देशभरी नै उनीहरुले सडकमा प्रदर्शन गरेको विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन्। सुनौलो भविष्य, पर्याप्त रोजगारी, विकृति विसङ्गतिको अन्त्य, भ्रष्टाचार न्यूनीकरण, मूल्य वृद्धि नियन्त्रण, गुणस्तरीय सरकारी सेवालगायतका माग राख्दै लेबनानमा गत चार सातादेखि आन्दोलन भइरहेको हो।

उनीहरुले अहिलेका शासक खराब रहेको भन्दै सरकार परिवर्तन गर्नुपर्ने माग पनि राखेका छन्। बिहीबारको प्रदर्शनमा सहभागीहरूले विद्यालयको झोला बोकेका थिए भने प्रदर्शनको अग्रपङ्क्तिमा महिला रहेका थिए। प्रदर्शनमा विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी भएको समाचारमा जनाइएको छ।

प्रकाशित: २२ कार्तिक २०७६ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App