८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

डेमोक्र्याट्सले जित दाबी गर्‍यो

केन्टुकी गभर्नरका लागि रिपब्लिकन उम्मेद्वार म्याट बेभिन (सम्बोधन गर्दै) सँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एजेन्सी

वासिङ्टन (बिबिसी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जनमत संग्रहका रूपमा हेरिएको दुईवटा राज्यको निर्वाचनमा डेमोक्र्याट्सले जित हासिल गरेको दाबी गरेको छ।

अमेरिकाको केन्टुकी राज्यको गभर्नरका लागि भएको निर्वाचनमा डेमोक्र्याट उम्मेद्वार एन्डी बेसहियरले जित हासिल गरेको बताइएको छ। अति कडा प्रतिस्पर्धा भएको सो निर्वाचनमा डेमोक्र्याट उम्मेद्वारले कन्जरभेटिभतर्फ ढल्किएको राज्यमा जित हासिल गरेको हो।

केन्टुकीमा बेसहियरले निकटम प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेद्वार म्याट बेभिनभन्दा शुन्ना दशमलव चार प्रतिशत मतले जित हासिल गरेको बताइएको छ।

५२ वर्षीय वेभिनले निर्वाचनमा धाँधली भएको भन्दै मत परिणाम नस्वीकार्ने बताएका छन्। यद्यपि ४१ वर्षीय न्यायाधिवक्ता बेसहियर भने जित दिलाउने मतदाताप्रति धन्यवाद ज्ञापन गरेका छन्।

केन्टुकीमा बेसहियरले निकटम प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेद्वार म्याट बेभिनभन्दा शुन्ना दशमलव चार प्रतिशत मतले जित हासिल गरेको बताइएको छ।

बेभिनको पक्षमा गत सोमबार केन्टुकी पुगेर चुनावी प्रचारप्रसार गरेका अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यो हार ठूलो क्षतिका रूपमा हेरिएको छ। त्यसबेला उनले सम्बोधन गर्दै बेभिनको हार हुनु भनेको ‘विश्वको इतिहासमा सबैभन्दा ठूलो हार भएको’ भन्दै आफ्ना आलोचकहरुले आलोचना गर्ने बताएका थिए।
उनले बेसहियर केन्टुकी राज्यको गभर्नरका रूपमा अति नै खतरनाक हुनसक्ने पनि बताएका थिए।

गभर्नरको निर्वाचनमा पराजय भोगे पनि रिपब्लिकनहरुले राज्यको न्यायाधिवक्तासहित अन्य पाँच महत्वपूर्ण विधामा जित हासिल गरेको जिकिर गरेका छन्।

सन् २०१६ को निर्वाचनमा केन्टुकीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रै मत दिएको थियो। यसअर्थ पनि गभर्नरमा भएको पराजयलाई ट्रम्पको प्रख्यातीमा भइरहेको गिरावटका रूपमा विश्लेषकहरुले लिएका छन्।

यसैबीच, २० वर्षको अवधिमा भर्जिनिया राज्यको संसद्मा पनि डेमोक्र्याट्सले पूर्ण नियन्त्रण जमाएको बताइएको छ।

यो नतिजालाई अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनको प्रि–चुनावका रूपमा लिइएको बिबिसीले उल्लेख गरेको छ। उता, मिस्सिसिपी राज्यमा भएको निर्वाचनमा भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका उम्मेद्वारले गभर्नर पदमा जित हासिल गरेका छन्। परम्परागत रूपमै रिपब्लिकन बाहुल्यता रहेको सो राज्यमा पनि झिनो मतले मात्रै रिपब्लिकन उम्मेद्वारले निर्वाचन जितेको बताइएको छ।

अमेरिकामा राज्य सरकारका कार्यकारी शाखाको नेतृत्व गभर्नरहरुले गर्ने संवैधानिक प्रावधान भएकाले पनि सो पदको निर्वाचनलाई अति नै  महत्वका साथ हेरिन्छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App