बेइजिङ- ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन्।
ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो।
सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मेका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बनेका थिए भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हालेका थिए।
चीनमा रहँदा उनले राष्ट्रपति सीलगायतका उच्च पदस्थ अधिकारीसँग भेट्ने कार्यक्रम तय भएको छ।
उनीहरूबीच दुई देशबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध विस्तारका बिषयमा भेटवार्ता केन्द्रित रहने बताइएको छ। रासस
प्रकाशित: ६ कार्तिक २०७६ ०७:३३ बुधबार