२० असार २०७७ शनिबार
अन्तर्राष्ट्रिय

कुर्दिशविरुद्धको लडाइमा आफू तयार रहेको टर्कीको भनाई

आङकारा - कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले जानकारी दिएको छ।  उक्त जानकारीको लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारेको छ।

उत्तरपूर्वी सिरियाबाट अमेरिकी फौज फिर्ता गरिएलगत्तै सो क्षेत्रमा टर्कीले दर्जनौँ सैन्य गाडी पठाएको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फौज फिर्ता ल्याउने निर्णयको बचाउ गर्दै कुर्दहरूलाई भने नत्यागेको बताएका छन्।

अमेरिकाले कुर्दिश समूह रहेको इलाकाबाट आफ्नो फौज फिर्ता लगेर उनीहरूमाथि टर्कीको हमलाका लागि बाटो खोलिदिएको भनाई पनि आएको छ।
कुर्दिश फौजले राष्ट्रपति ट्रम्पको निर्णयलाई धोकापूर्ण भएको आरोप लगाएका छन्। इस्लामिक स्टेट्स ९आइएस० लडाकू पराजित गर्न अमेरिकालाई सघाएका ती फौजले ’पीठमा छुरा’ प्रहार गरिएको प्रतिक्रिया उनीहरुको दिएका छन्।

तर राष्ट्रपति सिरियामा तैनाथ १ हजार अमेरिकी सेनामध्ये केवल ५० जना मात्र फर्काइने सङ्केत गरेका छन्।
यसैबीच टर्कीका राष्ट्रपति रेसेप तायिप एर्दोगान राष्ट्रपति ट्रम्पको निम्तोमा नोभेम्बर १३ मा अमेरिका भ्रमणमा आउने ह्वाइट हाउसले पुष्टि गरेको छ।

प्रकाशित: २२ आश्विन २०७६ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App