८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इराकमा सरकार विरोधी प्रदर्शन जारी, ९३ जनाको मृत्यु

बग्दाद – इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या ९३ जना पुगेको छ। इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै चार हजार व्यक्ति घाइते भएका छन्।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत ९३ जनाको ज्यान गएको बताए।

उनले आन्दोलनमा संलग्न झण्डै तीन हजार ९७८ जना घाइते भएको पनि जानकारी दिए। यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन्। बायाटीका अनुसार हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताए।

गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ। उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आम जनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन्। शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका थिए।रासस

प्रकाशित: १८ आश्विन २०७६ १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App