१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपतिका लागि रोमानीयामा १४ जना उम्मेदवार

बुचरेस्ट- रोमानीयाको राष्ट्रपति पदका लागि शुक्रबारसम्ममा १४ जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय निर्वाचन विभागले शुक्रबार दिएको जानकारी अनुसार १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।     
     
उम्मेद्वारी दर्ता गराउनेमा वर्तमान राष्ट्रपति क्युस इओहान्नीस र प्रधानमन्त्री मिनिस्टर भिओरिका डान्सीला पनि छन्। रोमानीयामा यही आउदो १० नोभेम्बर २०१९ मा राष्ट्रपति चयनका लागि मतदान हुने तय भएको छ।     
     
पहिलो चरणबाट एउटै उम्मेदवारले बहुमत ल्याउन नसकेमा पहिलो चरणको मतदानबाट छानिएका दुई उम्मेदवारका बीचमा २४ नोभेम्बरमा प्रतिश्पर्धा हुने निर्वाचन विभागले जनाएको छ।     
     
उम्मेदवारी दर्ता गर्नु भन्दा अगाडीका केहीदिनसम्म २० जना भन्दा बढीले राष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्ने बताएका थिए। उम्मेदवार बन्नका लागि दुई हजार जनाको हस्ताक्षर चाहिने भएकाले कतिपयले हस्ताक्षर पुर्‍याउन नसकेर उम्मेदवारी दिन नपाएको बताइएको छ। वर्तमान राष्ट्रपति सन् २०१४ मा पहिलो पटक निर्वाचित भएका हुन्।    
     
राष्ट्रपतीय निर्वाचनका लागि अक्टोबर १२ तारिखदेखि औपचारिक रुपमा प्रचारप्रसार सुरु हुने तय भएको छ। रोमानीयाको राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। रासस
 

प्रकाशित: ११ आश्विन २०७६ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App