९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु

भारत तेलंगानाको रंगारेड्डीमा बस र ट्रक एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। साइबराबाद कमिश्नरेटका एक प्रहरी अधिकारीले बीबीसीलाई मृत्युको पुष्टि गरेका छन्।

सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस ट्रकसँग ठोक्किएको छ।

तेलंगानाका मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको बताएको छ।

तेलंगानाका सीएमओका अनुसार उनले आवश्यक राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रकाशित: १७ कार्तिक २०८२ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App