२६ असार २०७७ शुक्रबार
अन्तर्राष्ट्रिय

लोकसभामा विजयी दर्जनौ सांसद अपराधिक मुद्दा झेल्दै

नयाँ दिल्ली - भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा  प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ऐतिहासिक विजय प्राप्त गर्यो। तर यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा पैसा, शक्ति र संदिग्ध नैतिकताको प्रभावलाई पनि चित्रण गरेको विश्लेषकहरुको भनाई छ।

संसदका सदस्यहरु मध्ये लगभग ४० प्रतिशतले पहिलो पटक सोमबार एक आपसमा भेटघाट गरेका छन्। तीमध्ये एक चौथाई भन्दा बढी सदस्यहरु बलात्कार, हत्या वा हत्याको प्रयास जस्ता गतिविधीसंग संलग्न रहेको नागरिक समूह एसोसिएसन अफ डेमोक्रेटिक रिफर्मको एक रिपोर्टले देखाएको छ। जो दुई वर्ष वा बढीका लागि जेलमा सजाय भोगेको छ, उसलाई चुनाव लड्न अनुमति हुँदैन।

संदिग्ध पृष्ठभूमिसंग सम्बन्धित संसद सदस्य रहेको भारतमा यो नयाँ घटना भने होईन्। २००४ को राष्ट्रीय चुनावको समय अपराधका आरोपी उम्मेदवारहरूको प्रतिशत २४ थियो। ३३ प्रतिशत २००९ मा, ३४ प्रतिशत २०१४ मा र यस वर्ष ४३ प्रतिशतले बढेको पूर्व मुख्य निर्वाचन आयुक्त शहाबुद्दीन वाई कुरैसी बताउँछन्।

एसोसिएशन डेमोक्रेटिक रिफर्मका अनुसार मोदीको भारतीय जनता पार्टीबाट गएको वर्ष संसदीय दलमा चुनिएका ३०३ सदस्यहरु मध्ये ११६ सदस्य जघन्य अपराध तथा आतंकवाद जस्ता कृयाकलापमा संलग्न रहेर आरोपको सामना गरिरहेका छन्।

मध्य भारतमा भोपालको सिट जितेका प्रज्ञा सिंह ठाकुर जसले सेन्ट्रल भारतको भोपालबाट चुनाव जितेका थिए। उनले पश्चिमी भारतमा पर्ने मालेगांवमा २००८ मा विष्फोट गराएका थिए। र उक्त विष्फोटमा करिब सात जना मानिसले ज्यान गुमाएका थिए। त्यस्तै विपक्षी कांग्रेस पार्टीका ५२ जना सांसदहरूले गम्भीर किसिमका आरोपहरूको सामना गरिरहेका छन्।

“यो प्रवृति भारतमा बढ्दै गएको छ, यहाँ कुनै पनि राजनीतिक दलहरु यस्ता गतिविधीबाट अछुत छैनन्’, एडीआरका संस्थापक जगदीप एस चोखर भन्छन्, ‘हामी मतदातालाई शिक्षित गर्नका लागी जाग्नु पर्छ चुनाव गर्नका लागि होईन्।’ १९६० र ७० को सुरुवातमा केही भारतीय राजनेताहरू पैसा कमाउन र त्यही पैसाले चुनावमा मतदातालाई किन्नका लागि आपराधिक कृयाकलाप मै फर्किएका थिए।

कुरेसी भन्छन्, ‘अपराधिहरुले यो सोच्न थाले कि, राजनेताहरू पैसा र अपराधका कारण जित्छन् र सांसद हुन्छन् भने हामी किन उनीहरू जस्तै सभासद नबन्ने त? तिनीहरूलाई थाहा छ अहिले पुलिसबाट उनीहरु भागिरहेको भए पनि सांसद भए पश्चात तीनै पुलिसले उनीहरुको सुरक्षा गर्नेछन्।’

भारतको उत्तर प्रदेशका पूर्व गुन्डा तथा माफिया मुख्तार अंसारीको नाममा ४० वटा भन्दा बढि हत्या तथा अपराधिक केसहरु चलिरहेका छन्। यसको बावजुद पनि उनले सोही राज्यमा ५ पटक चुनाव जितिसकेका छन्। उत्तर प्रदेशका अर्का डन हरि शंकर तिवारी पनि विधायीक सभाको सदस्य बनिसकेका छन्। जो हत्याको आरोपमा पक्राउ समेत परेका थिए। अभियानको दौरान, निर्वाचन आयोगका अधिकारी र सरकारी एजेन्सीहरूले राजनीतिक दलका कार्यालयहरूमा ठूलो संख्यामा नगद, सुन, चाँदी, सारी र महंगा महंगा घडी तथा रक्सीहरू कब्जा गरेका थिए, जुन चुनावी मतहरूमा फेरबदल गर्नका लागि उपहार थिए।

बरामद गरिएका सामानहरुको कुल मूल्य ५०० मिलियन डलर थियो। जसमा १२० मिलियन डलर नगद रुपैयाँ मात्र थियो। झण्डै ३ पटक यसरी नै चुनावका बेला निर्वाचन आयोगले माल सामानहरु बरामद गरेका थिए।

विश्लेषक भन्छन्, ‘राजनैतिक दलहरूले नैतिकवानको पुरस्कार पाउने गर्छन्।’ कुरैसीको भनाईमा  ‘उनीहरूको सोचाइ अनुसार अपराधी पृष्ठभूमि भएका व्यक्तिहरूले पैसा र बलको माध्यमबाट यस्तो सुनौलो मौका पाउँछन्।’

इलेक्ट्रोनिक मतदान मशीनहरू आउनु अघि विभिन्न गरोहरुले बल प्रयोग गरेर मतदान केन्द्रलाई आफ्नो नियन्त्रणमा लिने गर्थे।

अघिल्लो महिना सम्पन्न भएको सामान्य चुनावमा पनि राजनीतिक दलहरू र उम्मेद्वारहरूले ८.६५ बिलियन अनुमानित रकम खर्च गरेका थिए।  

रिपोर्टका अनुसार, भारतीय जनता पार्टीको सबै भन्दा ठूलो खर्च थियो, कुलको लगभग ४५ प्रतिशत। यस्तै कांग्रेस पार्टीले १५ देखि २० प्रतिशतको बिचमा खर्च गरेको सम्भावना थियो।

डोनरहरुले गरेको दानका बारेमा पार्टीले खुलाउन चाहँदैन र डोनरहरु पनि खुल्न चाहँदैनन्। कुरैसीको अभियान र मूल्य मान्यताले चुनावमा हुने खर्चको पारदर्शिता हुनु पर्छ भन्नेमा जोड दिन्छ।

‘मानिसहरू पारदर्शिता चाहन्छन् तर डोनरहरु गोपनीयता चाहन्छन्। कुन पक्षलाई महत्व दिने?’उनले भने ।

 

प्रकाशित: २ असार २०७६ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App