coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सम्पर्क कार्यालयमा फर्किए उत्तर कोरियाली कर्मचारी

सोल – उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनःफिर्ता पठाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि उत्तर कोरिया र अमेरिकाबीच अन्यौल बढिरहेका समय गत साता प्योङयाङले एक तर्फी रूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो।

कर्मचारी फिर्ता बोलाएको केही दिनमै उत्तर कोरियाले आफ्ना केही कर्मचारीलाई सम्पर्क कार्यालयमा फिर्ता पठाउनुले उत्तर कोरिया अझै पनि छलफल र वार्ताका लागि तयार रहेको पुष्टि गर्ने प्रयासमा रहेको देखिएको छ। ‘केही उत्तर कोरियाली कर्मचारी दक्षिण–उत्तर संयुक्त सम्पर्क कार्यालयमा सोमबारदेखि फर्केका छन्,’ पछिल्लो गतिविधिबारे जानकारी गराउँदै दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दुई कोरियाबीचको सम्बन्धमा केही सुधार आएपछि यसलाई दीर्घरूप दिन र कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्न कोरियाली सीमा क्षेत्रस्थित उत्तरी सहर केसङमा गत वर्षको सेप्टेम्बरमा स्थापना गरिएको थियो। कर्मचारी फिर्ता बोलाउनुको कारणबारे कुनै औपचारिक धारणा उल्लेख नगरेको उत्तर कोरियाले कर्मचारीलाई पुनः फिर्ता पठाउने निर्णय गरेको हो।
 

प्रकाशित: १२ चैत्र २०७५ ०५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App