७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्याथोलिक धर्मगुरु बालयौन दूराचारमा दोषी ठहर

मेलबोर्न –  पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेल दुई बालकमाथि भएको यौन दूराचारको आरोपमा दोषी ठहरिएका छन्। बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन्।

अस्ट्रेलियाली न्यायाधीशको समितिले सर्वसम्मतरुपमा पेल दोषी रहेको ठहर गरेको छ। कार्डिनल पेलले सन् १९९० को दशकमा मेलबोर्नस्थित सेन्ट प्याट्रिक्स क्याथेड्रलमा दुई बालकविरुद्ध यौन दुराचार गरेका थिए।

हाल ७७ वर्ष पुगिसकेका कार्डिनल पेलले त्यसबखत १२ र १३ वर्षका दुई नाबालकलाई यौन शोषण गरेका थिए।

अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपमा सत्यता नरहेको दाबी गर्दै आएका छन्।
भ्याटिकनका तर्फबाट तत्काल कुनै प्रतिक्रिया दिइएको छैन तर पेलले आफू निर्दोष रहेको बताउँदै आएका छन्। ‘कार्डिनल जर्ज पेलले आपूm निर्दोश रहेको र त्यसमा आपूm अडिग रहेको बताउनुभएको छ,’ कार्डिनलका वकिलका तर्फबाट जारी वक्तव्यमा भनिएको छ।

जुरीले गरेको फैसलाका विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदन गरिने वक्तव्यमा उल्लेख छ। पेलविरुद्ध लगाइएका केही अरु आरोप पनि यसअघि फिर्ता लिइएका वा उन्मूक्ती दिइएका छन्।

पेलले दूव्र्यवहार गरेका भनिएका एक बालकको सन् २०१४ मा मृत्यु भएको थियो। उनको परिवारका सदस्यले पेलका कारण गहिरो दुःखमा परेका ती बालकको लागूऔषधको सेवनबाट मृत्यु भएको दाबी गर्दै आएका छन्।

दोस्रा पीडितका तर्फबाट वकिलले जारी गरेको वक्तव्यमा जारी कानुनी प्रक्रिया निकै तनावपूर्ण रहेको र यो अझै समाप्त नभएको बताइएको छ। ‘अरु पीडितझैं मैले पनि लज्जा, एकान्तपन, उदासी अनुभूत गरेको छु,’ वक्तव्यमा उल्लेख छ।

प्रकाशित: १५ फाल्गुन २०७५ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App